सहगोत्रीसँग विवाह गरेको भन्दै छोरीको हत्या


 



नयाँ दिल्ली
छोरीले सहगोत्रीसंग विवाह गरेको भन्दै भारतको राजधानीमा दिल्लीमा एक बाबुआमाले छोरीको हत्या गरेका छन् । दिल्लीको न्यू अशोक नगरमा छोरीले सहगोत्रीसँग विवाह गरेको भन्दै आमाबुवाले छोरीको हत्या गरी घरभन्दा १०० किलोमिटर टाढा शव फालिदएका छन् ।

घटनामा संलग्न भएको भन्दै बाबुआमासहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । शीतल चौधरी नाम भएकी ती युवतीको हत्यापछि कारको सिटमुनि शव लुकाएर फ्याँकेको खुलासा भएको छ ।

उनीहरुले छिमेकी सहगोत्री युवकसँग लुकेर मन्दिरमा विवाह गरेको आशंकासहित हत्या गरेका हुन् । मोबाइलमा युवतीसँग सम्पर्क नभएपछि ती युवक प्रहरीकोमा पुगेका थिए । हत्या गरेको २२ दिनपछि घटनाबारे प्रहरीले जानकारी पाएको थियो ।

पक्राउ परेपछि परिवारका सदस्यहरुले छोरीले जति सम्झाउँदा पनि छोरीले नमानेपछि हत्या गर्नुपरेको बयान दिएका छन् । प्रहरीले छोरी खोई भन्दा आफन्तकोमा गएको जवाफ पाएका थिए । कल डिटेलको आधारमा खोजतलाश गर्दा परिवारले अपराध स्वीकारेको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्