घुसको अडियो बाहिरिएपछि सञ्चारमन्त्री बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया


 


काठमाडौं, फागुन ८
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुसको अडियो बाहिरिएपछि कानुनअनुसारको समान्य प्रतिक्रिया दिएका छन्। उनले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं आएपछि विस्तृत प्रतिकृया दिने बताए।

बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री बाँस्कोटाले यस्तो बताए। उनले भने,‘काठमाडौं फर्किएपछि सार्वजनिक भएको अडियोबारे विस्तृत प्रतिकृया दिने दिन्छु।’ सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।

मन्त्री बाँस्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् । उनले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रारम्भिक प्रतिक्रिया दिए । ‘जसले गल्ती गर्छ, त्यही जान्छु मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’

मन्त्री आजै बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडौं आउने कार्यक्रम छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्