सञ्चारमन्त्री बाँस्कोटामाथि काँग्रेसले लियो कडा एक्सन


 


काठमाडौं, फागुन ८
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटाको पछिल्लो रवैयालाई लिएर तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गरेका हुन्। उनले सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बार्गेनिङ गरेको अडियो बाहिर आएपछि नैतिकताको आधारमा पद छोड्नु पर्ने बताए।

शर्माको विज्ञिप्तिमा भनिएको छ, ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा ७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा उनलाई तत्काल बर्खास्त गरेर निस्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्