जर्मनीमा गोलीकाण्ड, ८ जनाको मृत्यु


 


काठमाडौं, फागुन ८
जर्मनीको हानाउ सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । दुईवटा अलग अलग गोलीकाण्डमा कम्तीमा उनीहरुको मृत्यु भएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले मृतकको संख्या यकिन रुपमा पुष्टि नगरेपनि ६ जना घाइते भएको जनाइएको छ । राति करिब १० बजेतिर सो घटना भएको हो । घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

गोलीकाण्ड भएको हानाउ सहरको फ्रयांकफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ। पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो ।

दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् भने हवाई गस्ती पनि गरिँदैछ । अज्ञात बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रो घटनामा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ।

अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सन्दिग्धबारे सूचना पाउने प्रयासस्वरूप सर्वसाधारणका लागि टेलिफोन हटलाइन स्थापना गरिएको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्