इरानमा कोरोना भाइसरका कारण दुई जनाको मृत्यु


 


एजेन्सी , फागुन ८
कोरोना भाइरस (कोभिड१९) को संक्रमणका कारण इरानमा दुई जनाको मृत्यु भएको छ । मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो ।

इरानको राजधानी तेहरानबाट १३८ किलोमिटर दक्षिणस्थित कोमका दुई वृद्धको मृत्यु भएको इरानी सरकारी सञ्चार एजेन्सी ‘आईआरएनए’ले जनाएको छ। तिनको विस्तृत जानकारी गराइएको छैन।

योसँगै बिहीबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार १ सय २६ पुगेको छ। चीनमा मात्रै २ हजार १ सय १८ जनाको मृत्यु भएको छ। कोरोना बुधबार चीनमा थप ११४ जनाको मृत्यु भएको हो।

त्यस्तै हङकङ र इरानमा २/२ जनाको मृत्यु भएको छ। फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक/एक जनाको मृत्यु भएको छ। यी सबै जोड्दा कोरोनाका कारण बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या २ हजार १ सय २६ पुगेको हो।

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्