बाजुरामा भूकम्प, मच्चियो भागदौड


 


बाजुरा, फागुन ८
बाजुरामा भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाएर बुधबार राति ९ बजेर १३ मिनेटमा चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई निर्देशन दिएको बताए । भूकम्पछि केही भागदौड भएको बताइएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्