काँग्रेस नेता बालिका बलात्कारको आरोपमा पक्राउ


 


गुल्मी, फागुन ७
गुल्मीमा नेपाली कांग्रेसका एक स्थानीय नेता ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गुल्मीदरवार गाउँपालिका वडा नम्वर–२ जुभुङ्गमनका पूर्व सभापति एवम् हाल क्षेत्रीय प्रतिनिधि समेत रहेका अन्दाजी ७६ वर्षीय केशरसिंह सारु ती बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

पीडित ६ वर्षीया बालिकाकाअनुसार हिँजो दिउँसो घरमा कोही नभएको बेला आएर ५ रुपैयाँ पैसा दिई अप्राकृति ढंगले यौन क्रियाकलाप गरेका थिए । ‘सुवेदार बाजेले हाम्रो घर आएर ५ रुपैयाँ पैसा दिई त्यस्तो गर्नु भएको थियो’– ती बालिकाले भनिन्– ‘पहिला–पहिला पनि पैसा दिने गर्नुहुन्थ्यो ।’ती बालिकाकी आमाले साँझ घर आउँदा छोरीले पिसाव फेर्न गाह्रो भएको भन्दै दुख्यो भनेपछि सोधपुछ गर्दा सुवदारबाले त्यस्तो कार्य गरेको बताएपछि उजुरी दिन आएको बताइन् ।

उनलाई सोमबार पक्राउ गरि आज अदालतमा जबरजस्ती करणी अभियोगको मुदा दर्ता गरि म्याद थप समेत गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । भारतीय सेनामा अनरोरी क्याप्टेनबाट अवकास प्राप्त सारुलाई गाउँमा कसैले सुवेदार बाजे त कसैले क्याप्टेन साव भनेर चिन्ने गरेका छन् । सारु काँग्रेसका स्थानिय अगुवा कार्यकर्ता एवं पुराना समाजसेवीका रुपमा चर्चित छन् ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्