कामदार लैजान बेलायतले लियो नयाँ नीति, अब सबैले भीसा पाउन नसक्ने
एजेन्सी
बेलायतले कम दक्ष कामदारलाई भीसा नदिने नीति लिएको छ । ब्रेक्जिटपछि बेलायत सरकारले यस्तो नीति सार्वजनिक गरेको हो ।
बेलायतले युरोपेली युनीयनभित्र र बाहिरबाट आएको कामदारलाई उस्तै व्यवहार गर्ने नीति लिनेभएको छ । सस्तो भन्दा दक्ष कामदारलाई प्राथमिकतामा राखेर काम गर्ने नीति सार्वजनिक गरेको हो ।
बेलायत बाहिरबाट आउने कामदारले अंग्रेजी जान्नुपर्ने र प्रयोजकबाट दक्ष कामको आव्हान हुनुपर्नेछ । यस अवस्थामा बेलायतमा कामदार बनेर भीसा पाउन चाहनेले ५० अंक प्राप्त गर्नेछ । कुल अंक ७० ल्याएमा मात्र कामदार भीसा पाउन सक्नेछ ।
आप्रवासीले उक्त अंक ल्याउन योग्यता, तलब, कामको क्षेत्र र आवश्यकता समेतलाई आधार मानिनेछ । उदाहरणका लागि पीएचडी गरेको व्यक्तिले कामदारको भीसा पाउन यस्तो प्रणाली विकास गरिएको छ ।-बीबीसी
प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार