सुनको मूल्यले तोड्यो रेकर्ड, अहिलेसम्मकै उच्च मूल्यमा कारोबार


 


काठमाडाैँ – बजारमा मंगलवार सुनको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार ७ सय रुपैयाँमका काराेबार भएको हो ।

यसअघि गत पुस २३ गते सुन बजारमा ७६ हजार ५ सय रुपैयाँमा काराेबार भएर त्यसअघिको रेकर्ड तोडेको थियो ।

मंगलवार सुनले यसअघिका सबै रेकर्ड तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्