टिपरको ठक्करबाट एकजनाको मृत्यु


 


काठमाडौं, फागुन ६
काठमाडौंको शंकरापुर नगरपालिकामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वडा नम्बर ६ ढोल्लामा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ मृत्यु गएको हो।

स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए । उनलाई गएराति पौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो ।

उनको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्