बेलायती सांसदलाई दिल्ली एयरपोर्टमा रोक


 


काठमाडौं, फागुन ६
भारतले बेलायती सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको बीबीसीले जनाएको छ।

भारतले संविधानको अनुच्छेद ३७० हटाएर कश्मीरको विशेष प्रान्तको दर्जा खोसेपछि सांसद अब्राहम्सले भारत सरकारको आलोचना गर्दै आएकी थिइन् । अब्राहम्स कश्मीरबारे ब्रिटेनको संसदीय समितिको अध्यक्षसमेत हुन् । उनले दिल्ली विमानस्थलका अधिकारीहरुले भिसा किन रद्द गरियो भन्ने जानकारीसमेत नदिएको बताएकी छन् ।

अब्राहम्स निजी भ्रमणका लागि भारतमा आएकी थिइन् । उनी इमिरेट्स फ्लाइट्सबाट सोमबार दिल्ली विमानस्थलमा ओर्लिएकी थिइन् । लगत्तै अधिकारीहरुले उनको भिसा रद्द गरिएको भन्दै भारत प्रवेशमा रोक लगाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्