पप्पु कन्स्ट्रक्सनसहित ७ कम्पनी कालोसूचीमा


 


काठमाडाैं, फागुन ५
विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म सरकारी जिम्मेवारी समयमा पूरा नगर्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा सूचीकृत गरिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न सात कम्पनहरूलाई कालोसूचीमा राखेको हो । पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्म कालोसूचीमा रहने छ भने अन्य कम्पनीहरू १ वर्षसम्म कालोसूचीमा रहने बताइएको छ ।

कामको जिम्मा लिने तर काम नगर्ने, काम गरे पनि गुणस्तरहीन काम गर्ने, समयमा नगर्ने विभिन्न ती ७ निर्माण कम्पनीलाई निश्चित समयकाे लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ कार्यान्वयनमा आएदेखि अनुगमन कार्यालयले निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा सूचीकृत गर्न शुरु गरेको हो।


प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्