इराकमा अमेरिकी दूतावासलाई लक्षित गरी रकेट आक्रमण


 



इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूताबासलाई लक्षित गरि रकेट आक्रमण भएको छ। समाचार एजेन्सी एएफपीअनुसार आज बिहानै केही रकेट प्रहार भएको छ ।

कतिवटा रकेट आक्रमण भएको र आक्रमणबाट के कति क्षति भयो भन्नेबारे भने कुनै विवरण प्राप्त भएको छैन । आक्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन। अमेरिकाले भने इरान आक्रमणमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ।

गत जनवरी ३ मा अमेरिकाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेको थियो। त्यसको आक्रोशमा इरानले ८ जनवरीमा इराकमा रहेका दुई अमेरिकी सेनाको आधार शिविरमा मिसाइल आक्रमण गरेको थियो। एजेन्सी

प्रकाशित मिति: ४ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्