‘बालुवाटार प्रकरणमा पौडेल निर्दोष छन्,महाबदमासी नेपाल र भट्टराईको क्याविनेटबाट भयो’


 


काठमाडाैं, फागुन ३
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेल निर्दोष रहेको निष्कर्ष निकाल्दै महाबदमासी तत्कालिन प्रधानमन्त्री मधाव कुमार नेपाल र बाबुराम भट्टराईबाट भएको टिप्पणी गरेका छन् ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अख्तियारले गर्नै नहुने काम गर्‍यो । विजय कुमार गच्छदारलाई मुद्दा हाल्दा तत्कालिन प्रधानमन्त्रीलाई किन मुछिएन ? बदमासी गच्छदारको होला तर, त्यतिवेला प्रधानमन्त्री त माधव नेपाल हुनुहुन्थ्यो, उनले किन रोकेनन् । अख्तियारले छोड्नै नहुने थियो ।’ बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जसरी मुद्दा हालियो त्यसमा पनि विभेद भएको उनको टिप्पणी छ ।

उनले भने,‘राजनीतिक रुपमा पनि उनी त्यतिवेला शक्तिमा थिएनन्, उनले पावर लगाउने कुनै कुरै थिएन । उनलाई त दलालले जग्गा देखाए, उनले किनिदिए । म त विष्णु पौडेलका छोरा नवीन पौडेल पनि दोषी भन्दिन । तर, उनीहरुले अहिले जसरी जग्गा फिर्ता गरेर सरकारीकरण गराए, यो त आत्तिएर दिए । मुद्दा लडेको भए हुन्थ्यो । महाबदमासी त्यही क्याविनेटबाट भएको हो ।’

तत्कालीन प्रधानमन्त्री नेपाल दाेषी भएको बताउँदै उनले उनलाई अख्तियारले त्यसै छाड्न नहुने तर्क गरे ।

प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्