कस्तो छ आजको मौसम ?


 


काठमाडौँ, फागुन ३
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमानमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको उल्लेख गरेको छ ।

हाल देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

शनिवार दिउँसो भने देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार राति देशको पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्