शिशिर ढुंगाना बने अर्थसचिव


 


काठमाडौं, फागुन १
राजस्व सचिव शिशिरकुमार ढुंगानाले अर्थसचिवको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषदको बुधबारको बैठकले ढुंगानालाई अर्थसचिव बनाउने निर्णय गरेको हो ।

अर्थसचिव राजन खनालले २२ माघमा अवकाश पाएपछि उक्त पद रिक्त थियो । ढुंगाना ०७३ माघ २० गते सचिवमा बढुवा भएका थिए ।

ढुंगाना मुलुकको अर्थव्यवस्था, राजश्व संरचना, आर्थिक समृद्धिका पाटा तथा अर्थसम्बन्धी चुनौती, सम्भावना र अवसरहरु लगायतका विषयमा अनुभवी एवम् परिपक्व मानिन्छन् । उनको करिअरको लामो समय अर्थ मन्त्रालय तथा अन्तर्गतका निकायमा बितेको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्