सवारी दुर्घटनामा अभिनेत्री महिमा सिलवालको मृत्यु


 


काठमाडौँ – अभिनेत्री महिमा सिलवालको सवारी दुर्घटनामा परि मृत्यु भएको छ।

बुधबार साँझ करिब पौने ६ बजेतिर बिपरित दिशाबाट आइरहेको लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेत बताए।

काठमाडौँमा चितवन घर जाँदै गरेकी महिमासँगै स्कुटरमा उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन्। महिमाको घटनास्थलमा नै सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको बस्नेतले बताए ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्