आजको मौसम कस्तो रहला ?


 


काठमाडौँ , फागुन १
देशमा अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । तर पनि स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ।बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदलको भनाई छ ।

राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्