अज्ञात बन्दुकधारीद्वारा एकै परिवारका १६ जनाको हत्या


 


एजेन्सी, फागुन १
नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ । अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले सिन्ह्वालाई जानकारी दिएका छन् ।

देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा उक्त भएको उनीहरूको भनाइ छ । घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ ।

प्रहरीले दिएको विवरणअनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए । घरभित्र रहेका आक्रमणमा परेका सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकरी दिएका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्