फागुन संक्रान्ति कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल


 


आज मिति २०७६ साल फागुन महिनाको १ गते बिहीबार, तदअनुसार सन् २०२० फेब्रुअरी १३ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

बोली(व्यवहारमा सजग रहनुहोला। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ। मानसम्मानमा चोट पुग्न सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ। सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन्।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ। स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोधपनि आउला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्