नवनियुक्त आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान


 


काठमाडौं, माघ २९
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बुधबार बिहान गृह मन्त्रलायलमा गृहसिचव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अवकास पाएपछि सरकारले २७ प्रहरी प्रमुखमा आईजीपी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको थियो ।

दर्ज्यानी चिह्न कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालसहित अन्य प्रहरी अधिकारीको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्