लुटेको सुनसहित तीन भारतीय पक्राउ


 


काठमाडौं , माघ २९
प्रहरीले लुटेको सुनसहित तीन भारतीयलाई पक्राउ गरेको छ। करिब १ करोड बराबरको सुनसहित उनीहरुलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको ललितपुर टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले उनीहरुलाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले ललितपुरको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम खुल्न बाँकी छ । अन्य केही अझै फरार रहेका र यसबारे प्रहरीले अनुसन्धान पछि सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्