घट्यो प्याजको मूल्य


 


काठमाडौं, माघ २९
केहि महिनादेखि आकाशिएको प्याजको मूल्य ह्वात्तै घटेको छ। कुनै समय २ सय ५० रुपैयाँ पुगेको प्याजको मूल्य अहिले घटेर सयभन्दा कम पुगेको छ। उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा गत आइतबारदेखि प्रतिकेजी खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ। त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको कालिमाटी बजारको सूचनामा उल्लेख छ।

गएको महिना प्याज आयातमा भारतले प्रतिबन्ध लगाएपछि प्याजको भाउ ह्वात्तै बढेको थियो। त्यतिबेला चिनियाँ प्याजको केही मात्रामा आयत भएपनि मूल्य भने घटेको थिएन। नेपालमा उपभोग गरिने ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आउने गरेको बताइन्छ।

प्याजको सिजन आएसंगै नयाँ प्याजको मूल्य घटेकोमा उपभोगकर्ताहरु खुसि भएका छन। तर भारतले नेपालमा प्याजको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छैन। कालिमाटी तरकारी तथा फलफूल बजारमा उपनिर्देशक विनय श्रेष्ठ अहिले भारतीय प्याजनै विक्री भइरहेको बताए। भारतले प्रतिवन्ध फूकुवा नगरेपनि प्याज आयात भने खुकुलो उनले बताए।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्