आगामी तीन दिनको मौसम कस्तो छ?


 


काठमाडौँ, माघ २९
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि देशका पहाडी भू(भागमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाले शुक्रबारसम्मको मौसमको पूर्वानुमान सार्वजनिक गर्दै हिमपात तथा वर्षाको सम्भावना नरहेको जनाएको हो । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

त्यस्तै बुधबार राति पनि देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाले भोलि विहीबार र पर्सी शुक्रबार पनि मुलुकका पहाडी भू-भागमा आंशिक बदली हुने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्