सस्तोमा टिकट बेच्न नदिने गरी हवाई नीति


 


काठमाडौँ, माघ २९
सरकारले नयाँ ‘राष्ट्रिय हवाई नीति २०६७’ आगामी चैतबाट लागू गर्ने जनाएको छ। २६ वर्षअघि बनेकोे ‘राष्ट्रिय हवाई नीति–२०५०’ लाई तेस्रोपटक परिमार्जन गर्न नयाँ हवाई नीतिको मस्यौदा सार्वजनिक गरिएको छ।

मस्यौदा तयार पार्न बनेको कार्यदलका सदस्यले मस्यौदामाथि अहिले विभिन्न मन्त्रालय, योजना आयोग र सरोकारवालासँग छलफल भइरहेको बताएका छन्। अहिलेकै अवस्थामा राष्ट्रिय हवाई नीति २०७६ संसद्बाट पारित भए आन्तरिकतर्फका हवाई उडानमा प्रतिस्पर्धाको आधारमा सस्तो टिकट बेच्न पाइने छैन।

सरकारले हवाई भाडामा एकरुपता ल्याउने भन्दै तयार पारेको मस्यौदामा उद्योग संरक्षणको नाममा टिकटकोे न्यूनतम मूल्य निर्धारणमा कडाइ गर्न खोजेको छ। उक्त प्रावधान संशोधन नभई पारित भए विमान कम्पनीहरुले तोकिएभन्दा कम मूल्यमा टिकट बेच्न पाउने छैनन्।

प्रस्तावित मस्यौदामा नेपाल नागरिक उडड्यन प्राधिकरणको सिफारिसको आधारमा अधिकतम र न्यूनतम सीमा तोकी प्रत्येक उडान खण्डको आन्तरिक सेवाको हवाई भाडा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तोक्ने उल्लेख छ। यो समाचार आजको नागरिक दैनिकमा मिनराज भण्डारीले लेखेका छन।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्