कुन राशिका लागि शुभ छ बुधबार ? हेर्नुहोस राशिफल


 


आज मिति २०७६ साल माघ महिनाको २९ गते बुधबार, तदअनुसार सन् २०२० फेब्रुअरी १२ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मेष–

तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्रा सम्भावना छ।

वृष–

सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन्

मिथुन–

धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ।

कर्कट–

व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ।

सिंह–

साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ ।परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ।

कन्या–

बुद्धिको उपयोगले काम लिने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।

तुला–

भाग्य बलवान् रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यवसायमूलक भ्रमण गर्ने समय छ।

वृश्चिक–

अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।

धनु–

पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ ।

मकर–

प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ। विभिन्न उपहार समेत पाइएला। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

कुम्भ–

आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ। आस मारेको काम बन्नाले उत्साह बढ्नेछ।

मीन–

प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्