नेहा–आदित्यको विवाहलाई लिएर उदित नारायणले गरे यस्तो खुलासा!


 


काठमाडाैं , माघ २८
आदित्य नारायण झा र नेहा कक्कडको सम्बन्धका कारण भारतीय गायन प्रतियोगिता इन्डियन आइडल चर्चामा आइरहेको छ । यसअघि दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर सार्वजनिक भएको थियो । तर यसै विषयमा केन्द्रित रहेर आदित्यका बुवाले केही नयाँ कुराको खुलासा गरेका छन्।

इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आरोप लागेको थियो । यो कुरा वास्तविक हो जस्तो बुझिएको छ किनभने आदित्यका पिता उदित नारायणले यसलाई अफवाहको संज्ञा दिएका छन् । एक भारतीय संचारमाध्यमसँगको कुराकानीमा उदित नारायणले भनेका छन्, ‘आदित्य हाम्रो एक्लो छोरा हो । हामी उनको विवाहको प्रतिक्षा गरिरहेका छौं । यदि विवाहको अफवाह साँचो हुँदो हो त हामी संसारकै भाग्यमानी आमा–बुवा हुने थियौं । तर आदित्यले हामीमाझ यसबारे केही कुरा साझा गरेका छैनन् ।’

उदितले थपे, ‘मलाई लाग्छ नेहा कक्कड र आदित्यको विवाहको अफवाह टिआरपीका लागि उडाइएको हो । यहाँ नेहा निर्णायक छिन् भने मेरो छोरा उद्घोषक हुन् ।’ आदित्य नारायणले नेहा कक्कडसँगको विवाहका लागि च्यानलमा सहमती जताएका थिए । आदित्यले फेब्रुअरी १४ मा कार्यक्रममा नै विवाह गर्ने बताएका थिए । च्यानलले यी दुईको विवाहको कार्डसमेत छापेको थियो ।

आदित्यलाई कार्यक्रममा थुप्रै पटक नेहासँग फ्लर्ट गरिएको देख्न सकिन्छ । आदित्यका पिता उदित नारायण कार्यक्रममा आउँदा नेहाको तारिफ गर्दै उनलाई घरको बुहारी बनाउने इच्छा व्यक्त गरेपछि यस्तो अफवाह थप फैलिएको हो । रिपोर्टमा बताइए अनुुसार यी दुईले चाँडै नै ब्याचलर पार्टी पनि गर्न सक्छन् । उक्त पार्टी इन्डियन आइडल ११ को सेटमा हुने र अबको विकेन्ड एपिसोडमा देखाइने खबरमा उल्लेख छ ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्