प्रहरीले भेट्टायो कामदार चौधरीको ‘अन्डरवेयर’मा रगत र विर्य


 


काठमाडौँ , माघ २८
ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्यापछि आफैँ पनि आत्महत्या गर्ने कामदार विजय चौधरीको ‘अन्डरवेयर’ मा प्रहरीले रगत र विर्य भेट्टाएको छ। प्राप्त सिसिटिभी फुटेजका आधारमा सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई किचेनमा काम गरिरहेका बेला पछाडिबाट डोरीले घाँटी न्याँकेका थिए। त्यसपछि करिब १३ मिनेट चौधरीले के गरे भन्ने सिसिटिभी फुटेजमा देखिँदैन।

१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सातपटक हिर्काएको पनि सिसिटिभी फुटेजमा देखिएको छ। त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ। सिसिटिभी फुटेजअनुसार ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ।

११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुन्डिएको अवस्थामा देखिए भने मुना किचेनमा लडिरहेकी थिइन्। १० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाउनुअघि पनि किचेनबाहिर चौधरी ओहोरदोहोर गरिरहेको सिसिटिभी फुटेजमा देखिएको छ।

१० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाएपछिको १३ मिनेटसम्म चौधरीले के गरे भन्ने चाहिँ खुल्न सकेको छैन। चौधरीको ‘अन्डरवेयर’मा रगत र विर्य लत्पतिएको देखिएको छ। पूर्वसचिव पत्नी मुनाको मासिकश्राव चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्