सांसद अभिषेक ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धामा बुझाए ५ लाख धरौटी


 


काठमाडौं, माघ २८
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह अन्ततः अदालतमा उपस्थित भएर ५ लाख धरौटी बुझाएका छन् । शरिर बन्धक, डाँका, अपहरण तथा ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा खेपेका सांसद शाहले जिल्ला अदालत कपिलवस्तुमा ५ लाख धरौटी बुझाएका हुन् ।

जिल्ला न्यायधिश लालकाजी श्रेष्ठको एकल इजलाशले शाहलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम ५ लाख धरौटी लिई मुद्धाको पुर्पक्षका लागि आदेश दिएको बताइएको छ ।
राप्रपा (संयुक्त)का केन्द्रिय सदस्य श्याम मिश्रामाथि सांसद शाहले घरमा बोलाएर सांघातिक आक्रमण गरेर घाइते बनाएका थिए ।

गत पुस ५ गते मिश्रामाथि आक्रमण गरेर भारत भागेका शाहलाई पक्राउ गर्न माग गर्दै पिडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएका थिए । पीडितको जाहेरी पश्चात प्रहरीले घटनामा संलग्न सांसद शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पूर्जी जारी भएलगत्तै शाह भारतको लखनउमा थिए । तर, उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । मुद्धाको फैसला हुने दिन सोमबार अदालतमा उपस्थित भएका उनी ५ लाख धरौटी बुझाएर पुर्पक्षका लागि रिहा भएका हुन् ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्