ठाकुर ज्ञवालीलाई आइजीपी बनाइँदै


 


काठमाडौं, माघ २८
सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक (आईजीपी) बनाउने भएको छ। मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जानकारी दिएको छ ।

रिष्ठता र कार्यसम्पादन मूल्यांकनमा ज्ञवाली अगाडि रहेपनि उनी आइजीपी बनाइन लागेका हुन् । हाल प्रदेश नम्बर १ का प्रहरी प्रमुख रहेका उनी केही समययता काठमाडौंमा छन् । उनलाई गृहमन्त्री रामबहादुर थापा बादलले समेत भेटिसकेका छन् ।

विश्वस्त स्रोतका अनुसार मन्त्रिपरिषद्मा ज्ञवालीलाई आइजीपी बनाउने प्रस्ताव तयार भइसकेको छ । आइजीपीमा वरिष्ठतम डिआइजीहरु ठाकुर ज्ञवाली र तारिणी लम्साल प्रतिष्पर्धामा थिए ।

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवावधि पूरा गरी अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित तीनजना डिआइजीहरु पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यातसहित उक्त ब्याचका १७ डिआइजीले अनिवार्य अवकाश पाउनेछन् ।

२१ जना उच्च प्रहरी अधिकृतहरु सेवानिवृत्त हुनेवित्तिकै तीन एआइजी, दुई दर्जन डिआइजीसहितका पदहरु रिक्त हुनेछन् । प्रहरी नियमावली अनुसार हालका आइजीपी ज्ञवाली पाँच महिना आइजीपी बन्नेछन् । खनालले अवकाश पाउने लाग्दा अन्य कनिष्ठ डीआईजी पनि आईजीपी बन्न शक्तिकेन्द्रमा धाइरहेका छन् ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्