आज डलरदेखि रियालसम्मको कति छ भाउ ?


 


काठमाडौं, माघ २७
नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ७० पैसा र बिक्रीदर १२५ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः


प्रकाशित मिति: २७ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्