चौधरीले बन्द गराए २७ वर्ष पुरानो पान पसल!


 


इटहरी, माघ २७
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीप्रति यहाँका व्यवसायीहरु आतकिंत बनेका छन् । आइतबार उनले यहाँ २७ बर्ष अगाडिदेखि पान पसल सञ्चालन गर्दै आएका सुवास शाहको पान पसल बन्द गरेसँगै यहाँका व्यवसायीहरु आतकिंत बनेका हुन् ।

एक पत्र टाँस गरेर उनले नगरपालिका नजिकै रहेको पान पसले सुवास शाहको पसल बन्द गरेका थिए । मेयर चौधरीले पान पसलबाट धेरै फोहोर भएको भन्दै पसल बन्द गरेका हुन् । पान पसलमा लागूऔषध पनि बेच्ने गरेको भन्दै मेयर चौधरीले पान पसल बन्द गरेको उनले बताए ।

पान पसल गर्दै आएका शाहले भने आँफूले २७ बर्ष अगाडिदेखि पान पसल गर्दै आएको र फोहोरको मासिक एक सय रुपैँया तिर्दै आएको बताए । उनले भने, ‘२७ बर्ष अगाडि महिनाको एक सय २५ रुपैँया भाडा तिरेर सञ्चालन गर्दै आएको पान पसल आज आएर मेयरले बन्द गर्ने?’ उनले आँफूले परिश्रम गरेर खान पनि नपाउँने भएको भन्दै चिन्ता व्यक्त गरे । पसल बन्द गरेपछि स्थानीय ब्यापारीहरु आक्रोशित भएका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति: २७ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्