आगामी ३ दिनको मौसम पूर्वानुमान कस्तो छ ?


 


काठमाडौँ, माघ २७
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो ।

महाशाखाले आज दिउँसो केही ठाँउमा आंशिक बदली भई सामान्यतया मौसम सफा रहने जनाएको छ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

माघ २७ गते (सोमबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २८ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २९ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति: २७ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्