चुरे क्षेत्रलाई अलग प्रदेश बनाउन माग
काठमाडौँ, भदौ २६ चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउन माग गरेको छ ।
पार्टीले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले चुरेभावरसँग गरेको ९ बुँदे सम्झौतामा छुट्टै प्रदेश दिने सहमति भएको भन्दै चुरे क्षेत्रलाई छुट्टै प्रदेश बनाउन माग गर्नुभएको हो ।
उहाँले मधेसी मोर्चासँग गरेको तीन बुँदे सम्झौता राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रियता अखण्डता देशको हितविपरीत भएको बताउनुभयो । तराईमा दुई प्रदेश बनाउँदा आफूहरुलाई मान्य नहुने उहाँको भनाइ थियो ।
पार्टीले तराईको आन्दोलनका नाममा गम्भीर तथा जघन्य अपराधमा सङ्ग्लनलाई हदैसम्म कारबाही गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्रीसमेत रहनुभएका अध्यक्ष न्यौपानेले प्रधानमन्त्रीको भारत भ्रमणमा फास्ट ट्र्याक र नौमुरे जलविद्युत् जस्ता राष्ट्रघाती सन्धि सम्झौता नगर्न आग्रह गर्नुभयो । रासस
प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार