चीनमा कोरोनाको संक्रमणबाट अमेरिकी नागरिकको मृत्यु


 


बेइजिङ, माघ २५
चीनका फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ। चीनस्थित अमेरिकी दूतावासले हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टी गरेको छ ।

‘कोरोना भाइरसबाट संक्रमित ६० वर्षीया अमेरिकी महिलाको वुहानको जिनयानतिङ अस्पतालमा मृत्यु भएको छ । उनको फेब्रुअरी ६ मामृत्युभएको हो,’ अमेरिकी दूतावासका प्रवक्ताको भनाइ उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।वुहानमा पहिलो विदेशी नागरिकको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन्।

त्यस्तै, कोरोना भाइरसको उद्‍गम स्थल मानिएको हुवेई प्रान्तको राजधानी वुहानमा नै एक जापानी नागरिकको निमोनियाबाट मृत्यु भएको बताइएको छ। जापानको विदेशमन्त्रालयले चिनियाँ स्वास्थ्य सेवाका अधिकारीहरूलाई उदृत गर्दै आफ्ना ६० वर्षीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। ती व्यक्तिको मृत्यु निमोनियाबाट भएको बताइए पनि उनमा कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएको छ।

अहिलेसम्म जापानमा कोरोनाको संक्रमण नरहेको जापानको विदेश मन्त्रालयले जनाएको छ। नोवल कोरोना भाइरसबाट शुक्रबार मात्रै चीनमा थप ८६ जनाको मृत्यु भएको थियो । योसँगै चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मृत्यु हुनेको संख्या ७२२ पुगेको छ। चीनबाहिर २ जनाको उक्त भाइरसको संक्रमणबाट मृत्यु भएको बताइएको छ।

नोवल कोरोना भाइरसबाट शनिबार बिहानसम्म विभिन्न मुलुकमा ३४ हजार ८७२ जनामा संक्रमण भएको छ । कोरोना भाइरसबाट संक्रमित १ हजार ५६८ जनालाई निको भएको छ ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्