रामबहादुर बम्जनको आश्रममा प्रहरीको घेराबन्दी


 


काठमाडौं, माघ २५
तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा शुक्रबार प्रहरीले घेराबन्दी गरेको छ।

विभिन्न आश्रममा बस्दा पाँचजना अनुयायी र आनी बेपत्ता पारेको, आश्रमका आनीमाथि यौन दुर्व्यवहार गरेको यातना दिएको जस्ता आरोपमा बम्जनको नाममा किटानी – जाहेरी परेपछि उनलाई पक्राउ गर्न प्रहरीले घेरा हालेको हो।

जिल्ला अदालत सर्लाहीले आरोपित बम्जन पक्राउ गर्न बिहीवार पूर्जी जारी गरेपछि सिआईबी, प्रदेश नम्बर दुईको दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका ८ पेरेस्थित बम्जनको आश्रममा घेरावन्दी गरेर खानतलासी गरेकाे हो। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्