सिन्धुपाल्चोक चौकी आक्रमणमा घाइते भएका असईलाई काठमाडौँ ल्याइँयो


 


काठमाडौं, माघ २५
सिन्धुपाल्चोक चौकी आक्रमणमा घाइते भएका प्रहरी सहायक निरीक्षक (असई)लाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। अज्ञात समूहको आक्रमणबाट घाइते भएका असई सन्तोष कुमार झालाई काठमाडौँ ल्याइएको हो। घाइते असईको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार मध्यराति सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अज्ञात समूहको आक्रमणबाट असई झासहित हवल्दार हरिबहादुर मगर घाइते भएका थिए । हवल्दार मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०–१२ समूहले आक्रमण गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख इन्सपेक्टर फलबहादुर तामाङले बताए ।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरीका अनुसार शुक्रबार राति १ बजे १०/१२ वटा मोटरसाइकलमा आएको समूहले एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेको हो।अन्धाधुन्द ढुंगामुढा प्रहार भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जन बताए। घटनालगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली तिपेनीमा गएको थियो।

घटनामा संलग्न एकजना र चार मोटरसाइकल नियन्त्रणमा प्रहरीले घटनामा संलग्न एक जनासहित आक्रमणकारीहरूले प्रयोग गरेका चार मोटरसाइकल नियन्त्रणमा लिएको छ। अहिले घटनास्थलमै रहेका सिन्धुपाल्चोक प्रहरी कार्यालयका एसपी प्रज्ज्वल महर्जनले घटना गम्भीर रहेकाले पक्राउ परेका व्यक्तिको नाम अहिल्यै सार्वजनिक गर्न नमिल्ने बताए।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्