चितवनको रोयल फर्निचर इन्डष्ट्रीजमा भीषण आगलागी


 


काठमाडौं, माघ २५
भरतपुर महानगरपालिका–५, नारायणपुरमा रहेको रोयल वुड पार्केट इन्डष्ट्रीजमा आगलागी भएको छ । शनिबार बिहान बिहान ४ः३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नेपाली सेनालगायतको दमकलले प्रयास गरेपनि आगो नियन्त्रण बाहिर नै छ । आगलागीबाट मानवीय क्षति तथा चौपाय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । उक्त फर्निचर उद्योग व्यवसायी जीवनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्