प्रहरी चौकीमा मध्यराति अज्ञात समूहद्वारा आक्रमण, प्रहरीले चलायो ४ राउण्ड हवाइ फायर


 


काठमाडौं, माघ २५
सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा मध्यराति आक्रमण अज्ञात समूहले गरेको आक्रमण गरेको छ। आक्रमणमा परी प्रहरी चौकीका इन्चार्जसहित दुई प्रहरी घाइतेसमेत भएका छन्।

चौकीका इञ्चार्ज असइई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका हुन्। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरीका अनुसार शुक्रबार राति १ बजे १०१२ वटा मोटरसाइकलमा आएको समूहले एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेको हो।

अन्धाधुन्द ढुंगामुढा प्रहार भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जन बताए। घटनालगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली तिपेनीमा गएको थियो।

घटनामा संलग्न एकजना र चार मोटरसाइकल नियन्त्रणमा प्रहरीले घटनामा संलग्न एक जनासहित आक्रमणकारीहरूले प्रयोग गरेका चार मोटरसाइकल नियन्त्रणमा लिएको छ। अहिले घटनास्थलमै रहेका सिन्धुपाल्चोक प्रहरी कार्यालयका एसपी प्रज्ज्वल महर्जनले घटना गम्भीर रहेकाले पक्राउ परेका व्यक्तिको नाम अहिल्यै सार्वजनिक गर्न नमिल्ने बताए।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्