कोरोना भाइरसको आतंकः ६ सय ३८ को मृत्यु, ३१ हजार बढी संक्रमित


 


एजेन्सी, माघ २४
खतरनाक कोरोना भाइरसको संक्रमणबाट शुक्रबार बिहानसम्म ६ सय ३८ जनाको मृत्यु भएको खबर आएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त भाइरसको चपेटामा ३१ हजारभन्दा बढी मानिस परेका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहान दिएको जानकारीअनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६ सय ३६ जनाको मृत्यु भइसकेको छ । चीनबाहेक हङकङ र फिलिपिन्समा एक÷एक जनाको मृत्यु भएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा मृत्यु भएकामध्ये ६ सय १८ जना हुबेई प्रान्तका मात्रै छन् । बिहीबार मात्रै ७३ जनाको र हुबेई प्रान्तमा मात्रै ६९ जनाको मृत्यु भएको छ । बिहीबार थप ३ हजार १ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । बुधबार ७३ जनाको मृत्यु र थप ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५ सयभन्दा बढी जना उपचारपछि निको भएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वका २८ देशमा कोरोना भाइरस फैलिएको र ३१ हजारभन्दा बढी यसबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हेर्नुहोस् कोरोना संक्रमित कहाँ कति?

चीन– ६३६ मृत्यु, ३१,१६१ संक्रमित
हङकङ– १ मृत्यु, २४ संक्रमित
फिलिपिन्स– १ मृत्यु, ३ संक्रमित

संक्रमित
जापान– ८६
सिंगापुर– ३०
थाइल्यान्ड– २५
दक्षिण कोरिया– २४
ताइवान– १६
अस्ट्रेलिया– १५
मलेसिया– १४
जर्मनी– १३
भियतनाम– १२
अमेरिका– १२
मकाओ– १०
क्यानडा– ७
फ्रान्स– ६
यूएई– ५
फिलिपिन्स– ३
इटाली– ३
भारत– ३
बेलायत– ३
रुस– २
श्रीलंका– १
कम्बोडिया– १
फिनल्यान्ड– १
नेपाल– १
स्विडेन– १
स्पेन– १
बेल्जियम– १

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्