तपस्वी बमजनविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सिन्धुलीको आश्रममा पुग्यो प्रहरी


 


सिन्धुली , माघ २४
तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ । आनी र अनुयायीलाई वेपत्ता पारेको उनीमाथि आरोप लागेपछि अदालतले पक्राउ गर्न अनुमति दिएको हो।

जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो । जंगलको बीचमा रहेको बमजनको आश्रममा आफूहरु आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले बताए ।

डिएसपी खत्रीले भने, ‘हामीहरु आश्रममा आएका छौं, तर बमजनलाई फेला पारेका छैनौं, खोजी तीब्र पारेका छौँ ।’

सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

यसअघि गत वर्ष पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले इन्द्रावती गाउँपालिका-६ स्थित आश्रममा पनि छापा मारेको थियो ।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्