बालुवाटार जग्गा प्रकरणः गच्छदारलगायतलाई कति वर्ष होला जेल सजाय?


 


काठमाडौं, माघ २३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा खरिद प्रकरणमा पूर्वउप्रधानमन्त्री तथा तत्कालीन भूमिसुधारमन्त्री विजयकुमार गच्छदारसहित १ सय ५० भन्दा बढी जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता भएको ।

यस्तो छ कानुनी व्यवस्था

भ्रष्टाचार निवारण ऐनको दफा १७ बजोमिज कसुरदारविरुद्ध मुद्दा चलाइएको हो । सो दफाअनुसार सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्नेलाई सजाय किटान छ । नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियत गरी हिनामिना, हानि नोक्सानी वा दुरुपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसुरको मात्राअनुसार न्यूनतम ३ महिनादेखि १० वर्षसम्म कैदको व्यवस्था छ ।

यस्तै हिनामिना, हानि नोक्सानी वा दुरुपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्तिसमेत निजबाट असुरउपर गरिने भनिएको छ । निर्णयमा संलग्न सार्वजनिक पदाधिकारीलाई दफा २४ अनुरूप थप ३ वर्ष हुने भनिएको छ । मतियारको भूमिका खेल्नेलाई पनि सजायको व्यवस्था छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति: २३ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्