धनगढीमा युवती मृत फेला


 


कैलाली, माघ २३
धनगढीमा एक युवती मृत फेला परेकी छिन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा कैलाली नाला नजिक अन्दाजी २३ वर्षीय युवती मृत फेला परेकी हुन्।

घटनास्थलको मुचुल्का लिएर शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार अहिले सम्म मृतकको सनाखत हुन सकेको छैन।

ति युवती स्वास्थ्य सम्वन्धीको तालिमका लागि अन्यत्रबाट धनगढी आएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। तर मृतकको साथबाट मोवाईल र अन्य कुनै पनि परिचयपत्र फेला नपर्दा सनाखतमा समस्या भएको हो।

प्रकाशित मिति: २३ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्