अझै उठेन वडाध्यक्ष धामीको शव, आज पनि बजार बन्द


 


अछाम, माघ २३
अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शंकास्पद मृत्यु भएको तीन दिन भइसक्दा पनि अझै शव उठ्न सकेको छैन ।

धामीको शव मंगलबार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा फेला परेको थियो । प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ । हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण हालसम्म पोष्टमार्टम समेत हुने सकेको छैन ।

मृतक वडाध्यक्ष धामीका आफन्तहरु एवं स्थानीयले आज पनि विहानैदेखि विनायक बजार बन्द गराएका छन्‌ । अछाम प्रशासन, प्रहरी र स्थानीय तह र स्थानिय अगुवाहरुले शवको पोस्टमार्टमका लागी पहल गरिरहेका छन्‌ । प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, अछाम प्रहरी प्रमुख डिएसपी दीपक भारती, नगर उपप्रमुख अम्बिका चलाउने , नेकपाका प्रदेश सदस्य नन्द बहादुर कडायत, नेपाली कांग्रेस अछामका सभापतति भरतकुमार स्वाँरलगायत आफन्तहरुले बुधबार विभिन्न चरणमा छलफल गरेपनि निस्कर्षमा पुग्न सकेका छैनन्‌ ।

प्रकाशित मिति: २३ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्