विजय गच्छदारको सांसद पद निलम्बन!


 


काठमाडौं, माघ २३
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजय गच्छदार भ्रष्टाचार मद्दामा मुछिएपछि सांसद पद निलम्बनमा परेको छ। बालुवाटार जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सांसद पद निलम्बनमा परेको हो।

उक्त बालुवाटार जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन भूमिका खेलेको अभियोगमा गच्छदारलाई दोषी ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । काँग्रेस संसदीय दलकोे उपनेता समेत रहेका गच्छदार विरुद्धको मुद्दा अन्तिम नटुंगिएसम्म सांसदको हैसियतमा संसदमा उपस्थित हुने पाउने छैनन् ।

यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन पनि करिब सकिने छ । राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन ।

भ्रष्टचारको मुद्धा दायर भएसँगै सांसद र केन्द्रीय सदस्यको पद गच्छदारको निलम्बनमा परेको छ। गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

प्रकाशित मिति: २३ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्