टर्कीमा विमान दुर्घटनाः एकको मृत्यु, १५७ घाइते


 



टर्कीमा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक सय ५७ जना घाइते भएका छन् ।

खराब मौसमकाबीच इस्तानबुलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट बाहिर निस्केर दुर्घटना हुन पुगेको हो । बिमान तीन टुक्रा भएको छ ।

स्वास्थ्यमन्त्री फहरतिन कोकाले दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको बताए । तीन जना गम्भीर घाइते भएका छन् ।

विमान चालक दलका सदस्यसहित एक सय ७७ यात्रु बोकेर इस्ताबुलको पश्चिमी टर्की शहर इज्मिरको सबिहा गोकसेन एयरपोर्टमा अवतरण हुँदै थियो ।

इस्तानबुल सरकार अली अली येरलिकायाले भने ‘विमान खराब मौसममा उत्रियो, जसका कारण रनवेमा अवतरण हुन असफल भयो ।’ विमान ३० मिटरको उचाईबाट खसेको थियो । एजेन्सी

प्रकाशित मिति: २३ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्