ब्राउन सुगरसहित एक युवा पक्राउ


 


बुटवल, माघ २२
बुटवलमा ब्राउन सुगरसहित एक जना युवा पक्राउ परेका छन्। आधा किलो ब्राउन सुगरसहित बुटवल उपमहानगरपालिका–११ नहरपुर घर भएका १९ वर्षीय मनिष सुनार पक्राउ परेका हुन्।

रुपन्देही प्रहरी चौकी नयाँ गाउँबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१४ पदमपुरबाट उनलाई उक्त आधा किलो ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ नहरपुर घर भएका १९ वर्षीय मनिष सुनार छन् । लु ८ च ४७४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्