सर्वोच्चमा एन्फाविरुद्ध रिट


 


काठमाडौं, माघ २२
अखिल नेपाल फुटबल संघ (एन्फा)ले रौतहटको सरकारी जग्गा कब्जा गरेर सर्वोच्च अदालतमा एन्फाविरुद्ध रिट दायर भएको छ। एन्फाले महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।

अधिवक्ता सुजित केसीले विभिन्न मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। एन्फा, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन विभाग, राष्ट्रिय खेलकुद परिषद, एन्फा रौतहट, एन्फा पदाधिकारीलगायतलाई रिटमा विपक्षी बनाइएको उल्लेख छ।

उनले रिटमा भनेका छन्, ‘वन मन्त्रालयअन्तर्गतको जमिन राष्ट्रिय प्राथमिकताको आयोजनाका लागि हो भने मात्र मन्त्रिपरिषदको निर्णय बमोजिम भोगचलन अनुमती दिनुपर्ने हो ।’

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा महिला फुटबल एकेडेमीका लागि भवन निर्माण गर्दा प्रक्रिया नपुर्‍याएको अधिवक्ता केसीको दाबी छ । हातेमालो सामुदायिक वन उपभोक्ता समूहको साढे तीन हेक्टर जग्गालाई कृत्रिम मिनि पिच बनाउन भनेर २५ वर्षका लागि लिएको तर त्यहाँ भवन निर्माण गरिएको रिटमा उल्लेख छ । भवन बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन समेत नगरिएको केसीको भनाइ छ ।

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्