कोरोना भाइरसले चीनबाहिर ज्यान गुमाउनेको संख्या दुई पुग्यो


 



महामारीका रुपमा फैलिएको कोरोना भाइरसले चीन बाहिर ज्यान गुमाउनेको संख्या दुर्ई पुगेको छ । हङकङमा कोरोनाभाइरसबाट संक्रमित एक ३९ वर्षीय बिरामीको मृत्यु भएको छ ।

यस भाइरसको संक्रमणबाट हङकङमा ज्यान गुमाएको यो पहिलो घटना हो । हङकङको क्वाइ चुङमा रहेको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

उनी गत जनवरी २१ मा हुबेईको वुहान पुगेर दुई दिनपछि ग्वानझाओ–सेन्जेन–हङकङ एक्सप्रेस रेलमार्गबाट हङकङ फर्किएका थिए । उनलाई जनवरी ३१ वटा ज्वरो आउन सुरु भएको थियो । उनलाई सोही दिन याउ मा तेइमा रहेको क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको थियो ।

उनी आफ्ना ७२ वर्षीया आमासँग ह्वामपोआ गार्डेनमा बस्दै आएका थिए । उनलाई पनि फेब्रअुरी २ मा भाइरसको संक्रमणमा अस्पताल भर्ना गरिएको थियो । उनी हङकङका यस भाइरसबाट संक्रमित १५ औँ बिरामी थिइन् । उनको भने चीनमा यात्रा गरेको कुनै दस्तावेज छैन । यसअघि फिलिपिन्समा कोरोनाभाइरस संक्रमित बिरामीले ज्यान गुमाएका थिए । एजेन्सी

प्रकाशित मिति: २१ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्