घुससहित यातायात कार्यालयका अधिकृत पक्राउ


 


काठमाडौं , माघ २०
यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत एक अधिकृत घुससहित पक्राउ परेका छन् ।

१३ हजार घुससहित अधिकृत शिवलाल पौडेल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पौडेललाई नियन्त्रणमा लिइएको हो । सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले घुस दिने दीपक खतिवडाले समेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्